३० बैशाख २०८२, मंगलवार

 

अर्थमन्त्रीको सकारात्मक टिप्पणीपछि नेप्सेमा सुधार

विगत केही समयदेखि ओरालो लागिरहेको सेयर बजारमा मंगलबार सुधार देखिएको छ। कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारका सम्बन्धमा सकारात्मक टिप्पणी गरेलगत्तै धितोपत्र बजारमा सुधार देखिएको हो। अर्थमन्त्री खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेका थिए। उनले सेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राखेका थिए।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २६.९१ विन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१२ प्रतिशत अर्थात ५.२२ बिन्दुले बढेर २५१.५७ मा पुगेको छ । विगतका दिनमा दोहोरो अंकले शेयर बजार घट्दा कारोबार रकम २० देखि ३० करोड रुपैयाँमा सिमित हुँदै आएकोमा मंगलबार ३८ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

नेप्सेका अनुसार मंगलबार कारोबार भएका कुल १२ उपसमूहमध्ये ११ उपसमूहको सेयर उकालो लागेको भने सामूहिक लगानी कोष भने घटेको छ । कोष ०.०४ प्रतिशतले घटेको छ । आज बैङ्किङ २१.०७, व्यापार २.२८, होटल ५७.७९, विकास बैङ्क २६.७७, जलविद्युत् ३९.५, वित्त ८.४६, निर्जीवन बीमा ८८.५७, उत्पादन १०७.१, अन्य २०.२६, लघुवित्त ३०.२ र जीवन बीमा १०२.९३ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्क शीर्ष स्थानमा रह्यो । उक्त बैङ्कको रु तीन करोड ४९ लाख ७७ हजार ३६० मा शेयर खरिदबिक्री भयो । त्यस्तै नेपाल बैङ्कको रु दुई करोड ९७ लाख एक हजार ६६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ८३ लाख ३८ हजार २०६, शिवम् सिमेन्ट रु एक करोड ९९ लाख ७६ हजार, प्रभू बैङ्क रु एक करोड ४५ लाख १९ हजार ८७८ र सानिमा बैङ्कको रु एक करोड २८ लाख ४० हजार ७०२ मा खरिदबिक्री भयो ।

त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले ९.९० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.६२, राधी विद्युत् कम्पनी ९.४५, अपि पावर कम्पनी ९.१७, कर्णाली डेभलपमेन्ट बैङ्क ८.९१ र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ८.९१ प्रतिशतले कमाए ।

मंगलबार एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.५९, आँखुखोला जलविद्युत् कम्पनी ५.३५, सिटिजन बैङ्क इन्टरनेशनल ५.०६, सिन्धु विकास बैङ्क ४.७६, सानिमा इक्विटी फण्ड ३.०३ र कालिका पावर कम्पनीका शेयरधनीले २.४३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung