सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैंकले नगद लाभांश १५.२६ प्रतिशत र बोनस सेयर १० प्रतिशत दिने निर्णय गरेको हो।
यसअनुसार बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँबराबरको बोनस र १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्नेछ । प्रस्तावित लाभांश बैंकको साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् । गत वर्ष बैंकले १३.१६ प्रतिशत नगद लाभांश दिएको थियो ।
बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ छ भने प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।













































































































































































































