२ जेष्ठ २०८१, बुधबार

 

एक सय रुपैयाँमा ३ जीबी डाटा

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना ल्याएको छ । टेलिकमका अनुसार यो डाटा प्याकेज लिएर ग्राहकले निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने भएका छन् ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । यस योजनामा सहभागी हुनका लागि *1415*3#  मा डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्