पछिल्लो केही समयदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। बुधबार पनि अधिकांश कम्पनीहरुको शेयरमूल्य घट्दा नेप्से सूचक ३.०३ अंकले घटेर ११३१.५३ बिन्दुमा पुगेको छ। त्यस्तै कारोबार रकम १६ करोड ६९ लाख रुपैयाँमै सिमित भएको छ।
बुधबार १६६ वटा कम्पनीको ७ लाख ७७ हजार कित्ता शेयर १६ करोड ६९ लाख रुपैयाँमा खरीद बिक्री भयो। अघिल्लो दिन मंगलबार १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आज सबैभन्दा धेरै शेयर कारोबार हुनेमा ८६ लाख रुपैयाँसहित सानिमा बैंक रहेको छ । त्यस्तै नेपाल बैंकको ८३ लाख, प्रभु बैंकको ६८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ५९ लाख र एनआइसी एशिया बैंकको ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार सबैभन्दा बढि कमाउनेमा खानीखोला हाइड्रोपावरका सेयरधनी रहेका छन्। उक्त हाइड्रोपावरको सेयर ९.४३ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ३.०३ प्रतिशतले बढेको छ ।

त्यसैगरी माउन्टेन हाइड्रो, देव विकास बैंक, अरुण कावेली पावर र विजय लघुवित्तको शेयरमुल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
त्यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६.९६ प्रतिशतले घटेको छ। प्रेग्रेसिभ फाइनान्सको सेयरमूल्य ५.७६ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ४.०४ प्रतिशत, सिर्जना फाइनान्सको ३.०३ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको २.९३ प्रतिशत र सिनर्जी पावरको २.८९ प्रतिशतले घटेको छ।

बुधबार कारोबारमा आएका १२ वटा उपसमुहमध्ये २ वटा उपसमुहको सूचक सकारात्मक बढेको छ भने बाँकी १० वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।














































































































































































































