३ श्रावण २०८३, आईतवार

 

रिडी हाइड्रोपावरकाे सौर्य उर्जा आयोजना तिलोत्तमा बन्ने

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सरकालाई विद्युत बिक्री गर्नेगरी सौर्य उर्जाको आयोजना संचालनमा ल्याएको छ ।
रुपन्देहीमा बुटवल सौर्य आयोजना शुरु भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीले यसका लागि तीन नेपाली बैंकसँग संयुक्त रुपमा ऋणको लागि सम्झौता समेत गरेको छ ।

कम्पनीले सोलार आयोजना निर्माणका तिलोत्तमा न. पा. वडा नं. ७ मा २६ बिघा जग्गा भाडामा लिएको छ । तिलोत्तमा नगरपालिकाले विदेशी लगानी भित्राउन पहल गरिरहदाँ कम्पनीको योजनाले त्यसलाई पक्कै सघाउ पुग्ने भएको छ ।

उक्त जग्गामा करिब ३२ हजार सोलार प्यानल जडान हुने कम्पनीले जनाएको छ । उक्त सौर्य फर्मबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारणलाइनमार्फत राष्ट्रिय ग्रीडमा जोडिने अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए।

कम्पनीले मंगलबार बैंक अफ काठमाडौंको अगुवाइमा सिटीजन बैंक इन्टरनेशनल लि. तथा नेपाल बंगलादेश बैंक लिमिटेडसँग बित्तीय सहयोगका लागि सम्झौता गरेको छ ।

सोलार आयोजना निर्माण गर्न ६५ करोड ४६ लाख लाग्ने अनुमान छ । यसमध्ये ४९ करोड बैंक ऋण र १६.४६ कम्पनीको स्वःलगानी रहनेछ। यस आयोजना निर्माण गर्न भारतस्थित जि.ई. टि. एण्ड डि. इण्डिया लिमिटेडसँग सम्झौता भएको कम्पनीले जनाएको छ।

साउनबाट शुरु भएको र चैत्र महनिामा समपन्न गनृे कम्पनीको लक्ष्य छ । प्रस्तावित बुटवल सौर्य आयोजनाबाट वार्षिक १ करोड ४५ लाख १० हजार ५ सय ८४ किलोवाट घण्टा विद्युत उत्पादन हुने र त्यसबाट १० करोड ५९ लाख आम्दानी हुने अनुमान छ । उत्पादित विद्युत खरिदबिक्री सम्झौताअनुसार प्रति युनिट ७ रुपैयाँ ३० पैसामा बिक्रि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung