२२ बैशाख २०८१, शनिबार

 

सुनको मूल्यमा निरन्तर गिरावट

पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला ६९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ४० पुगेको छ।

सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घटेसँगै नेपाली बजारमा पनि ओरालो लागेको हो।

प्रतिक्रिया दिनुहोस्