२ जेष्ठ २०८१, बुधबार

 

ट्विटरले माफी माग्यो

विश्व चर्चित सामाजिक संजाल ट्विटरले प्रयोगकर्ताहरुले उसलाई प्रदान गरेको इमेल ठेगाना र फोन नम्बरहरु विज्ञापनहरुको लागि खुला भएकोमा माफी मागेको छ ।ट्विटर प्रयोगकर्ताहरुले आफ्ना खाताहरूको सुरक्षाका लागि प्रदान गरेका इमेल ठेगानाहरू र फोन नम्बरहरू कतिपय  विज्ञापनहरूका लागि खुला हुन पुगेको थियो ।

यस घटनाबाट कति प्रयोगकर्ताहरु प्रभावित भए भन्ने यकिन तथ्याक बाहिर आएको छैन।ट्विटरले वक्तव्य मार्फत कति मानिसहरू यसबाट प्रभावित भए भन्ने उसले भन्न नसक्ने बताए पनि विश्वभरका ट्विटर प्रयोगकर्ताहरु प्रभावित हुने आशंका गरिएको छ ।

ट्विटरमा यस्तो समस्या कहिलेदेखि आएको भन्ने कुरा नखुलाए पनि यसको समाधान सेप्टेम्बर १७ तारिखमा भएको जनाइएको छ ।तेस्रो पक्षका विज्ञापनकर्ताहरू ट्विटरमा रहेको सम्पर्क विवरणका आधारमा उनीहरू समक्ष पुगेका हुन सक्छन्।

यो घटना बाहिर आएपछि यसको कानुनी उपचार र तथ्याकको सुरक्षालाई लिएर चिन्ता व्यक्त हुृन थालेको छ । जुन उद्देश्यको लागि लिएको तथ्याक हो त्यो तथ्याक अन्य काममा प्रयोग भए प्रयोगकर्तालाई कम्पनीले जानकारी दिनु पर्ने विश्वव्यापी मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्