४ जेष्ठ २०८१, शुक्रबार

 

अमिताभले गरे बाढी पीडितलाई ५१ लाख सहयोग

सुपरस्टार अमिताभ बच्चनले हालै बिहारमा आएको बाढीबाट प्रभावित नागरिकहरुलाई ५१ लाख सहयोग गरेका छन ।बाढी पीडितहरुलाई बलिउडको सुपरस्टारको सहयोगको घोषनाको सबैले प्रशंसा गरेका छन ।

अमिताभ बच्चनले बेला बेलामा समस्या परेका भारतीय नागरिकहरुलाई सहयोग गर्दै आएका छन ।अमिताभले बाढीपीडितको सहयोगका लागि मुख्यमन्त्री आपत कोषमा ५१ लाख जम्मा गरेका हुन ।उनले मुख्यमन्त्री नितीश कुमारलाई पत्र लेखि दु :ख व्यक्त गरेका छन ।बिहारमा आएको बाढीले १ सय ६० जनाको मृत्यु हुनाका साथै सयौ गाउँले घरबाट विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्