३० बैशाख २०८१, आईतवार

 

स्टालिनसँग बहस गरेर माओले गरेका थिए सन् १९५० मा सोभियत संघसँग व्यापार सन्धि

सन् १९५० मा माओत्सेतुङले सोभियत संघको भ्रमण गरेर सोभियत संघसँग व्यापार र वाणिज्यको सन्धि गरेका थिए । त्यसको लागि माओले दुई महिना स्टालिनसँग छलफल, अन्तरक्रिया र बहस गर्नु परेको थियो । चीनसँग स्टालिन व्यापार सन्धि गर्न इच्छुक थिएन ।

त्यो बहस आपसी सहयोग सम्बन्धमा, चिनियाँ पूर्वी ‘रेलवे’ र संयुक्त पूँजी लगानीमा उद्योग स्थापना गर्ने विषयमा केन्द्रीत थियो । सोभियत संघसँग चीनको सन्धि १४ फेब्रअरी १९५० मा भएको थियो । त्यसै गरी २७ मार्चमा चीनको सिङकियाङमा संयुक्त लगानीमा तेल उत्पादनका लागि सम्झौता भएको थियो । सन १९४९ मा चीन स्वतन्त्र भएपछि पनि स्टालिनले चीनलाई शुरुमा त्यति महत्व दिएकाे थिएन ।

सन् १९४५ मा त स्टालिनले चीनको जनवादी क्रान्ति रोक्न चाहान्थ्याे । चीनमा गृहयुद्ध भयो भने चीन डुब्छ त्यसैले चीनका कम्युनिष्टहरुले च्याङ काइ सेकसँग मिल्नु पर्छ भन्ने स्टालिनको विचार थियो । चीनलाई स्टालिनले युगोस्लाभियाको हाराहारीमा राखेका थिए । माओ र चीनलाई कोरिया युद्धको बेला मात्र बुझे चीन  पूर्वी यूरोपको कम्युनिष्ट मुलुक जस्तो होइन भनेर ।

प्रस्तुती : मुकेशचन्द्र राजभण्डारी

( माओका दुर्लभ रचनाहरु पुस्तकबाट ,खोजी प्रकाशन गृह  )

प्रतिक्रिया दिनुहोस्