२ जेष्ठ २०८१, बुधबार

 

झापाका यी युवाले बनाए ‘ड्रोन’ साइरन

झापाका एक युवा वैज्ञानिकले ड्रोन बनाएका छन् । भद्रपुर नगरपालिका १ का युवा वैज्ञानिक अनिल प्रधानले ड्रोन साइरन बनाएका हुन् । झापामा हात्तीले दुःख दिएपछि प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका भद्रपुर नगरका मेयर जीवनकुमार श्रेष्ठले बताए ।

अहिले भद्रपुरको १ र २ नम्बर वडामा हात्ती आएपछि हामीले प्रहरी होइन, अनिलजीलाई खबर गर्न थालेका छौं । ‘अहिले वडा नम्वर १ र २ मा गरिएको प्रयोग सफल भएको छ’ मेयर श्रेष्ठले भने, ‘अनिलजी नेपालको प्रतिनिधित्व गर्दै टर्की पनि जाँदै हुनुहुन्छ ।’ हात्ती खेदाउन ड्रोन साइरन प्रभावकारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्