४ जेष्ठ २०८१, शुक्रबार

 

गैर आवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी

गैर आवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ कूल आचार्य समूहबाट कोषाध्यक्षको उम्मेदवार बन्नुभएका श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कोषाध्यक्षमा निर्वाचित भएलगत्तै श्रेष्ठले वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोष, आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने आफ्नो प्रमुख काम भएको बताउनुभएको छ ।

यस अघिभन्दा सचिवालयको खर्चमा मितव्ययिता ल्याउनेमा पनि पहिलो प्राथमिकता आफ्नो भएको बताउनुभएको छ । बागलुङ जन्मिएर पर्वतको कुश्मामा हुर्किनुभएका उहाँ अध्ययनका सिलसिलामा २५ वर्षअघि जापान पुगर उहाँ डेढ दशकदेखि एनआरएनए अभियानमा क्रियाशिल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्