४ जेष्ठ २०८१, शुक्रबार

 

अमिताभ बच्चन क्यान्सरले सिकिस्त भएकाे हल्ला निराधार

बलिउड महानायक अमिताभ बच्चनको फोक्सोमा क्यान्सर भएको समाचार समाजिक संजालमा भैरहदा उक्त समाचार सत्यता नभएको  भारतीय संचार माध्यम अमर उज्यालाले स्पष्ट पारेकाे छ । अमर उज्याला नामक हिन्दी संस्करणको पत्रिकाले जयाँ बच्चनको ट्वीट उदृत गर्दै अमिताभ बिरामी भएको समाचार सत्य नभएको स्पष्ट पारेको छ ।

उक्त संचार माध्यमले अमिताभ नियमित चेक जाँचका लागि अस्पताल गएको भएपनि तर भर्ना नभएको पनि स्पष्ट पारेका छन् । भारतको चर्चित पत्रिका टाईम्स अफ इण्डिया लगायतका अनलाइनले बिहीबार राती १ बजे बम्बइको नानावती अस्पतालमा भर्ना गरेको समाचार प्रकाशन गरेका भएपनि समाचार सत्य नभएको दाबी बच्चन परिवारले गरेका छन् ।

उनी बिरामी भएको समाचार बाहिरिएसँगै कैयौं बलिउडकर्मीहरु शुक्रबार अस्पताल पुग्दा अमिताभ अस्पतालमा नभएको जानकारी लिएर फर्किनु परेको अमर उज्यालाले जनाएको छ । पछिल्ला वर्षमा अमिताभ पेट र फोक्सोको समस्याले ग्रसित छन् । त्यसका लागि नियमित चेकजाँचका लागि अस्पताल गएको भारतको समाचार संस्था पीटीआईले पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्