४ जेष्ठ २०८१, शुक्रबार

 

मंकाः खल बागलुङको निर्णय– किजापूजा १३ गते

नेपालभाषा मंकाः खल बागलुङले यस वर्षको किजापूजा कात्तिक १३ गते गर्ने निर्णय लिएको छ । खलका कार्यवाहक अध्यक्ष गगनलाल शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
चान्द्रमासअनुसार १३ गते बिहानसम्म किजापूजाको साइत भएको र नेवारी परम्परा कायम गर्न उक्त निर्णय लिइएको उनले नयाँ विश्वलाई बताए । खलले कार्तिकशुक्ल त्रयोदशी (९ गते) मा काग तिहार, चतुर्दशी (१० गते) कुकुरपूजा, औंसी (११ गते) गाईपूजा र लक्ष्मीपूजा, कार्तिककृष्ण प्रतिपदा १२ गते म्हपूजा र नेपाल संवत् र तथा द्वितीया (१३ गते) किजापूजा मनाउने कार्यक्रम तय गरेको छ ।

किजापूजा नेपाल उपत्यकाको स्वतन्त्र कर्म भएको मंकाः खलका पूर्वअध्यक्ष काजी गाउँले श्रेष्ठले बताए । यो चाडलाई तिहारको उत्सवमा जोडेर अझ उल्लासमय बनाउने नेवारहरूको पुरानो परम्परा हो ।

चन्द्रमा तिथिअनुसार प्रतिपदाका दिन किजापूजा गर्न नहुने भएकोले १३ गते द्वितीयामा गर्ने निर्णय लिनुपरेको पूर्वअध्यक्ष श्रेष्ठले जानकारी दिए । खलले दीपावलीबारे बनाएको कार्यक्रमबारे सबै सरोकारवाला र नेवार समुदायलाई सूचना सम्प्रेषण गरिने सचिव सुदीप राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्