२१ बैशाख २०८१, शुक्रबार

 

सुनको मूल्य बढ्यो, तोलामा कति ?

तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला ६ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सयले बढेर ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि ६ सयले नै वृद्धि भई प्रतितोला ७० हजार ७ सय पुगेको छ । बिहीबार तेजाबी सुन ७० हजार ७ सयमा खरीद बिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य १० ले वृद्धि भई प्रतितोला ८ सय ६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्