२३ भाद्र २०८३, मंगलवार

 

नेपाल आएका थिए गुरु नानक

आज साेमबार १२ नाेभेम्बर  सिख धर्मावल्मबीहरुका गुरु नानक देवको जन्म भएको दिन हो ।  नानक सन् १४६९ मा तत्कालिन भारतको पंजाबस्थित करतारपुरमा भएको थियो ।

जन्मिदा उनी हिन्दु परिवारमा जन्मिएका थिए । पछि उनमा दैवी शक्ती प्राप्त भयो । त्यसले गर्दा उनी अनेक चमत्कारिक दृश्य र कर्म देखाउन सफल रहे । साथै छुट्टै धमर्का प्रर्वतक नै बने । उनले प्रर्वतन गरेकाे धर्म हाे, सिख । भारतकाे पंजाब प्रान्तमा  याे समुदायकाे बाहुल्य छ ।

उनले औपचारिक शिक्षा त लिएनन् । संस्कारिक शिक्षा भने लिए । संस्कृतका प्रकाण्ड पंडित बृजलालसँग उनले ज्ञान प्राप्त गरे । उनी ९ वर्षको पुगेपछि अभिभावकले जनै धारण गराउन खोज्दा उनले मनाही गरे । समाज हिन्दुु र मुस्लिम अतिवादको चपेटामा थियो । त्यसका विरुद्ध उनले मानीय कर्म गर्दै गए ।

जस्तै पसलमा काम गर्दा मुल्य विना नै सामाग्री उपलब्ध गराउनु । किसान परिवारलाई अन्न उपलब्ध गराउनु लगायतका अनेक सेवामुलक कर्म गरिरहे । उनी मुस्लिमहरुको मस्जिद गएर धार्मिक सद्भाव कायम गरे । भने हिन्दुहरुका बीचमा उचनीच बिरुद्ध समभाव प्रकट गरे ।

उनलाई अरुको आत्मा पढ्न सक्ने दीक्षा प्राप्त थियो । उनका अभिभावकले उनलाई युवा हुनसाथ विवाह पनि गरिदिए । पंजाव कै बटाला परिवारका मुलचन्दकी छोरी बीबी सुलक्खणीसँग उनको विबाह समेत भयो । उनका दुइ सन्तान जन्मिए । एक थिए, चन्द र अर्का थिए लखमीचन्द थिए ।

सन्तान जन्मिए पछि पनि उनले आफुभित्रको बैराग्य त्याग्न सकेनन् । जसका कारण उनले देशाटन गरिरहे । सत्कर्मका बारेमा चेतना जगाई रहे । मुसलमान मरदाना भाई र बालाजी नाम गरेको साथी थिए ।

बालाजुकाे नामाकरण प्रसंग 

देशाटन गर्नै क्रममा नेपाल आएका नानक सन् १५ सयको आसपासमा नेपाल समेत आएका थिए । करिब २ बर्ष उनले नेपालका विभन्न स्थानमा विताएकाे इतिहास अध्ययनबाट जानकारी हुन्छ । उनी धेरै समय काठमाण्डौको ज्ञानेश्वरमा बाँस बसेका थिए । अहिले पनि त्यहाँ मठ अर्थात शिख समुदायको गुरुद्धारा (मन्दिर) छ ।

बालाजु अ हिले जस्तो बस्तीमय थिएन् । खेतका फाँटहरु थिए । बाईसधारा माथि नानकका साथी बालाजी केही समय त्यही बसेका थिए । स्थानीहरु उनलाई बालाजी भेट्न जाने भन्दै आउने क्रम चल्न थालेपछि उक्त स्थानको बनाम नै बालाजी कै नाम अप्रभंस भई बालाजु भएको हो, भन्ने मान्यता शिख समुदायको छ ।

नेपालमा त उनका लागि महिनौ दिनसम्म ज्ञान गोष्ठिको आयोजना नै गरिएको रहेको छ । केही समय पशुपति नजीक आर्यघाट किनारमा समेत उनी बस्न पुगेका रहेछन् । अहिले पनि उक्त स्थानमा उनको नामको मठ अर्थात गुरुद्धारा छ ।

देशाटन गर्ने क्रममा नानक मक्का मदिना अवस्थित शहर अरब, बगदाद , ईटालीको रोमसम्म पुगेका थिए भनिन्छ । बगदादमा पनि नेपालमा जस्तै स्वागत सत्कार गरिएको उनको जीवनी अध्ययनबानट जानकारी हुन्छ । त्यहाँ पनि उनले कैयौ चमत्कारी दृश्य देखाएका थिए । त्यसपछि मात्र सुफी, सन्त र मुस्लिम धर्मगुरुले उनलाई आदर सम्मान गरेका थिए ।

उनका अनुयायी एक पटक नेपालको पश्चिमी क्षेत्र आएका रहेछन् । तप ध्यानका क्रममा उनलाई स्थानीयले केही जिज्ञासा पनि गर्दा रहेछन् । उनले आफुमा रहेको शक्ती प्रकट गर्नै क्रममा नजीकै रीठाको फल खान दिएछन् । स्थानीइ खान नमाने पछि उनले खाएर देखाएछन् । उनमा शक्ती निहीत थिया, स्वादलाई रुपान्तरण गर्न सक्ने ।

त्यस क्रममा रस्ठाको तीतो फललाई समेत मिठासपूर्ण खाएको देखेर स्थानीयले त्यो रुखको पल खादा अरुबेला जस्तो तीतो टर्रे नभएको पाए । अी उनको नाम नै रीठाबाबा रहन पुगेको किंवदन्ती छ ।

नानका दशअवतार मध्ये एक रीठा साहब एक हुन् । उनको स्मरण गर्दा शिख समुदायले नेपालको स्मरण गर्छ । २१ वर्ष देशाटन गर्नै क्रममा नानकले करिब ७० हजार किमी यात्रा गरेको बताईन्छ । सन. १५३९मा उनको देआन्त भएको पाईन्छ ।

विश्वका १ सय भन्दा धेरै देशमा अहिले शिख धर्मावल्मबीहरु छन् । शिख धर्मका प्रर्वतक गुरु नानकको ५ सय ५० औ जन्म जयन्ती नेपालमा पनि मनाइएको छ । राजधानीको कुपण्डोल गुरुद्धारामा कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल उपस्थित भएर उक्त समुदायले नेपालको विकासमा पु¥याएको व्यक्त गरेका थिए ।

त्यसरी शास्त्रार्थ, भजन र्कितन सहित देशाटन गर्ने क्रममा नानक उत्तरमा नेपालको राजधानी काठमाण्डौं सम्म आएका थिए । दक्षिणमा लंका पुगेका थिए ।

तत्कालिन भारतका स–साना राज्य उज्जैन, पंचवटी, रामेश्वरम हरिद्धार लगायतका कैयौं स्थानमा पुगेर सत्मार्गका बारेमा उपदेश दिएका थिए । मानव धर्मका लागि शिख धर्मलाई पनि अब्वल कोटीमा राखेर सम्मान गरिन्छ ।

खासगरी भारतको पंजाब प्रान्तमा यो समुदायको बाहुल्य छ । नानकाको जन्म स्थान करतारपुर अहिले विभाजित भारतमा पाकिस्तानमा पर्दछ । नानक जन्मजयन्तीका अवसरमा कटुताबीच पनि पाकिस्तानले करतारपु आउन चाहने शिख धर्मावल्मबीका लागि सहज गरिदिएको जानकारी आएको छ ।

हिन्दु धर्मको ओमकार परिवार भित्रको शिख धर्मावल्मबी नेपालमा १५ शताब्दी देखि नै रही आएको विश्वास गरिन्छ । नेपाल सरकारले पनि यो वर्ष नानको ५ सय ५० वर्षको अवसरमा १ हजार दरका सिक्का काटेर उक्त समुदाय प्रति सम्मान गरेको छ ।

नेपाल पर्यटन वर्षमा नेपाल र शिख समुदाय बीचको भाईचारा समवन्धलाई प्रचार प्रसार गर्न सके भारतबाट नभएर विश्वभर फैलिएर रहेका शिख धर्मावल्मबी एक पटक नेपाउन आउन सक्ने संभावना रहेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung