२० बैशाख २०८१, बिहीबार

 

मलेसिया पुगेकाे दुई महिनामै नेपालीको मृत्यु

रोजगारीका क्रममा मलेसिया पुगेको दुई महिनामै पाल्पाकाे निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बूको मृत्यु भएको छ ।

उनकाे कात्तिक २६ गते साँझ मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिए । बयम्बू काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेसयाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न गएका थिए ।

मलेसिया पुगेदेखि नै बिरामी  भएका बयम्बूको उपचारमा म्यानपावर र कम्पनीले समयमै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बूले बताइन् । बयम्बूको उपचारका लागि परिवारबाट रू. एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरिन् ।

रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताइन् । बलम्बूका  बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्