२० बैशाख २०८१, बिहीबार

 

फेरि बल्झियो यौन–उत्पीडनको आरोप

बलिउड संगीतकार अनु मलिक भारतीय टिभी च्यानल सोनीको सांगीतिक कार्यक्रम ‘इन्डियन आइडल’बाट बाहिरिएका छन् । निर्णायकका रूपमा रहेका उनले यौन–उत्पीडनको आरोप लागेपछि कार्यक्रम छाड्नुपरेको हो ।

उनको स्थानमा को आउने भन्ने तय भइसकेको छैन । उनी कार्यक्रमबाट बाहिरिनु परेको यो पहिलोपटक होइन । यसअघि मिटु अभियानका बखत पनि यस्तै आरोप लागेपछि उनले कार्यक्रम छाडेका थिए । गायिका सोना महापात्रा र अन्य महिलाले उनीमाथि यौन उत्पीड़नको आरोप लगाएका छन् ।

गत आइतबार महापात्राले महिला तथा बालविकासमन्त्री स्मृति इरानीलाई खुला पत्र लेख्दै कारबाहीको माग गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले सोनी टिभीलाई चिठी लेख्दै उनीसँग सफाइ मागेको थियो ।

एकपटक निकालिएका अनुलाई ११ औं शोका लागि फेरि जज बनाएर भित्र्याइएको थियो । त्यस बखत पनि महापात्राले विरोध जनाएकी थिइन् । अनु कार्यक्रमबाट बाहिरिएपछि उनले आफ्नो नैतिक जित भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्