२० बैशाख २०८१, बिहीबार

 

राजभण्डारी दम्पती श्रीगण्डकी धनधान्याचल महायज्ञको पहिलो सभानायक

व्यवसायी तथा सामाजिक व्यक्तित्व आनन्दप्रकाश राजभण्डारी र श्रीमती कल्पना राजभण्डारी पर्वतमा आयोजना हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सवको पहिलो सभानायक बनेका छन् ।

राजभण्डारी दम्पतीले महायज्ञमा पाँचवटा रैथाने गाई संरक्षणका लागि ७ लाख २७ हजार ५ सय रुपैयाँ प्रदान गरेको महोत्सवका महासचिव जगन्नाथ आचार्यले बताए । महोत्सव मंसिर १९ गतेदेखि २६ सम्म पर्वतको जलजला गाउँपालिकाको मिलनचोक बजारमा हुँदै छ ।

नयाँ विश्व डटकमको प्रकाशन संस्था नागरिक सञ्चार प्रालिका सदस्यसमेत रहेका राजभण्डारीले वैदिक गाईको संरक्षण, सनातन धर्मरक्षा र किसानहरूलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न परिवारका तर्फबाट महायज्ञलाई सहयोग गरेको बताए । परिवारमा छोरा आकाश, छोरीहरू अनुपमा र आयुष्मा छन् । राजभण्डारी परिवारको सहयोगले महोत्सवमा उत्साह थपेको महासचिव आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्