४ जेष्ठ २०८१, शुक्रबार

 

पर्वतमा दक्षिण एसियाकै अग्लो बन्जी बन्दै

कालीगण्डकी नदीमाथि निर्माणाधीन कुस्मा–बलेवा बन्जी जम्प अंग्रेजी नयाँ वर्षसँगै सञ्चालनमा आउने भएको छ ।सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्ष्यित गरी बनाइएको यो बन्जी जम्प दक्षिण एसियाकै अग्लो र लामो रहेको बताइएको छ ।

करिव २० करोड लगानीमा बनाइएको यो बन्जी जम्पले पर्वतको कुस्माबाट बागलुङको बलेवा जोड्नेछ । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टिलको पुल बनिसकेको छ ।

नौलो प्रविधिको लट्ठामा झुन्ड्याइएको पुलबाट साढे दुई सय मिटर तल बगेको कालीगण्डकीको बीचमा बन्जी गर्न मिल्ने गरी संरचना तयार गरिएको छ । २२८ मिटर उचाइको बन्जी जम्प पर्वतका ११ युवकको लगानीमा द क्लिफ प्रालिले बनाइरहेको हो ।

कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्विङ सञ्चालन गर्ने तयारी रहेको लगानीकर्ता राजु कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्