२० बैशाख २०८१, बिहीबार

 

‘जोकरको बन्दुक’ बजारमा

कवि विमल निभाको तेस्रो कवितासंग्रह ‘जोकरको बन्दुक’ प्रकाशित भएको छ । व्यंग्यकारका रुपमा समेत चिनिएका कवि निभाको यसअघि ‘आगोनेर उभिएको मानिस’ र ‘एउटा बाहुला नभएको बुसर्ट’ गरी दुई थान कवितासंग्रह र तीन थान व्यंग्यसंग्रह प्रकाशित छ ।

जोकरको बन्दुकमा उनले गणतन्त्र प्राप्तिपछि लेखेका नयाँ कविता र केही पुराना कविताहरू संग्रहित गरिएको छ । अधिकांश कविता २०७५ सालमा तीन महिनाको अवधिमा लेखिएको कवि निभाले बताए । उनी २०२४ सालदेखि नेपाली कविता लेखनमा सक्रिय छन् । कवितासंग्रह जोकरको बन्दुक सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।

जाेकरकाे बन्दुक

प्रतिक्रिया दिनुहोस्