१ जेष्ठ २०८१, मंगलवार

 

प्रधानमन्त्रीलाई एक पटक धन्यवाद भन्ने की ?

करिब १२अ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाको प्रत्यारोपण गरिएको थियो । यतिवेला वहाँ दा्स्रो पटक निर्वाचित सरकारको प्रधानमनत्री हुनुहन्छ। पटक–पटक स्वास्थ्यमा समस्या देखिएपछि वहाँ गत मंगलबारदेखि अस्पतालमा हुनुहन्छ ।

यसअघि वहाँ उपचारका लागि सिंगापुरका अस्पतालमा जाँदा वहाँको निकै आलोचना भएको थियो । राज्यकाे ढुकुटीमा विदेश उपचारमा जानुभयाे भनेर । त्यसपछि पनि वहाँ मृगौलामा समस्या देखिएपछि डायलिसिस गर्न निजी अस्पताल गण्डी पुग्दा पनि निकै टिप्पणी गरियो । तर वहाँ यतिवेला सरकारी शिक्षण अस्पतालमा उपचार कै क्रममा हुनुहन्छ । वहाँकाे  उपचारका बारेमा टिप्पणी त गरिएको सुनिएको छैन् । तर वहाँलाई धन्यवाद प्रधानमन्त्री भनेकाे कही कतै सुनिएको छैन् । स्वदेशमा हुनसक्ने उपचार विदेशमा ग¥यो भनेर टिप्प्णी गर्ने समाजले स्वदेश मै उपचार गरेपछि धन्यवाद पनि भन्न सक्नु पर्ने हैन् ?  त्यो पनि सरकारी अस्पतालमा बसेर शल्यक्रिया गरेर अस्पताल कै वेडमा सामान्य नागरिक सरहको सुविधा उपभोग गरिरहेका प्रधानमन्त्रीको निष्ठालाई एक पटक धन्यवाद पनि भन्ने की । अहिले वहाँ शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा रहनु भएकाे छ । प्रधानमन्त्रीलाई चिकित्सकहरूले करिब १० दिन आराम गर्न सल्लाह दिएका छन् ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका थिए। पहिलो पटक परिवर्तन गरिएको मृर्गौला काम गर्न छाडेको छ । दोस्रो पटक प्रत्यारोपणको तयारी भैरहेको जानकारी आएको छ । यदि भनिए जस्तै तयारी नै हो भने पनि प्रमले नेपालमा नै प्रत्यारोपण गरेर राष्ट्रवादको छवि कायम गर्न सकुन् । किनकी यहाँ नै दुई पटकसम्म मेगौला प्रत्यारोपण गरिएका समाचार पनि सार्वजनिक भएका छन् । अझै प्रधानमन्त्री कै मृगौला प्रत्यारोपण गर्ने तयारी गरिए विदेशबाट समेत विशेषज्ञ चिकित्सक उनको उपचारमा संलग्न हुन आउन सक्ने संभावना पनि रहन्छ । किनकी विदेशमा रहेर अनुभव संगालेका चिकित्सक आफ्ना प्रधानमनत्रीलाई स्वदेश मै आफ्नो सेवा उपलब्ध गराउन लालयित नै हुनुपर्छ ।

अझै त्यसको सन्देश प्रधानमन्त्रीको जीवनमा ठुलो महत्व राख्नेछ । जसरी वहाँले भारतको नाकाबन्दीका समयमा अडानका साथ प्रतिवाद गरेर आफ्नो राष्ट्रवादी छबि बनाउनु भएकाे थियाे ।  त्यो भन्दा उचो छवि यतिवेला वहाँले दोस्रो पटकको मृगौला प्रत्यारोपण  स्वदेश कै अस्पतालमा गरे हुनेछ । यस्तो सल्लाह दिनसक्ने आँट वहाँका सल्लाहकारमा नहोला । किनकी स्वास्थ्य जस्तो संवेदनशील विषयमा परिणाम जे पनि हुनसक्छ । अझै आफ्नै देशको उपचारमा विश्वस्तता कायम नभएको अवस्थामा प्रमलाई यही नै प्रत्यारोपण गर्दा राम्रो हुन्छ भन्न सक्ने आँट कस्को ? तर नागरिकको चाहना र स्वदेशका उपचारको विश्वसनियता कायम गर्न सके पक्कै सकारात्मक सन्देश प्रवाह हुनेछ । जसरी पूर्व प्रधानमन्त्री शुसिल कोईराला विदेश भ्रमण क्रममा ईण्डोनेशिया जाँदा ८ घण्टा ट्रान्जिटमा नागरिक जसरी बसे भन्रे समाचारले वाहवाही कमाउनु भएकाे थियाे । कोईरालाको सादगीका बारेमा  पाकिस्तानका प्रम इमरान खाँनले सपथका बेला पनि स्मरण गरेका थिए त्यसै गरी प्रम अाेलीले स्वदेश मै मृर्गाैला प्रत्याराेपण गुर्नभयाे भने त्यसकाे सन्देश विश्वमा छरिएर रहेका नेपाली माझ पुग्नेछ । देशप्रमी प्रधानमन्त्रीका रूपमा तपार्इ जीवन पर्यन्त पनि अमर रहनु हुनेछ ।

साथै प्रमले स्वदेश कै उपचारमा विश्वास गरे भन्ने सन्देशले नेपालको उपचार पद्धतीमा विश्वसनियता कायम हुनेछ । तर जे होस यसपटक प्रधानमन्त्री ज्यूले शिक्षण अस्पतालमा पुगेर आफ्ना चिकित्सक र सरकारी सेवा प्रति गरेको विश्वासालाई एक पटक धन्यवाद भन्ने पर्छ । अस्पतालबाटै नेपालमा हुन गैरहेको १३ औं साँगको उद्घाटन हेर्ने भन्ने समाचारले खेलाडीलाई प्रोत्साहन गरेको छ । प्रधानमन्त्रीका सम्यक सदाचारी विवेकवान बनिदिए समग्र देशवासीमा देश विकासका लागि पनि पक्कै आशाको संचार हुनेछ । विवेकवान नागरिक बनेर सरकारी शिक्षण अस्पतालमा उपचार प्रधानमन्त्रीलाई एक पटक धन्यवाद भन्ने की ?

प्रतिक्रिया दिनुहोस्