२२ बैशाख २०८१, शनिबार

 

सुनको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७०० रुपैयाँ तोकेको छ । बिहीवार छापावाला सुन प्रतितोला ७२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रवार चाँदी प्रतितोला ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्