२० बैशाख २०८१, बिहीबार

 

महायज्ञमा समाजसेवी राजभण्डारी दम्पती बने सभानायक

व्यवसायी तथा सामाजिक व्यक्तित्व आनन्दप्रकाश राजभण्डारी र श्रीमती कल्पना राजभण्डारी पर्वत जिल्लाको जलजला गाउँपालिकाको मिलनचोकमा आयोजना भइ रहेको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सवको सभानायक बनेका छन् ।

राजभण्डारी दम्पतीले महायज्ञमा पाँचवटा रैथाने गाई संरक्षणका लागि ७ लाख २७ हजार ५ सय रुपैयाँ प्रदान गरेको महोत्सवका महासचिव जगन्नाथ आचार्यले बताए ।

महोत्सव मंसिर २६ गतेसम्म पर्वतको जलजला गाउँपालिकाको मिलनचोक बजारमा हुँदै छ ।आइतबारसम्म महायज्ञमा एक करोड ८० लाख संकलन भएको महायज्ञको महासचिव जगन्नाथ आचार्यले जानकारी दिए ।

नयाँ विश्व डटकमको प्रकाशन संस्था नागरिक सञ्चार प्रालिका संचालक सदस्यसमेत रहेका राजभण्डारीले वैदिक गाईको संरक्षण, सनातन धर्मरक्षा र किसानहरूलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न परिवारका तर्फबाट महायज्ञलाई सहयोग गरेको बताए । 

परिवारमा छोरा आकाश, छोरीहरू अनुपमा र आयुष्मा छन् । राजभण्डारी परिवारको सहयोगले महोत्सवमा उत्साह थपेको महासचिव आचार्यले बताए ।

आनन्द प्रकाश राजभण्डारी र श्रीमती कल्पना राजभण्डारीले यस अघि बागलुड नगरपालिका वडा नं ४ कुँडुले फेदीमा निर्मित श्री रडवेंकटेश मुक्तिनारायण मन्दिरको निर्माणको लागि एक करोडभन्दा बढी दान गरी सकेका छन ।

राजभण्डारी दम्पतिले आफनो बुबा टिकाबहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा कुँडुलेको मुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशालाको लागि दश लाखको अक्षय कोष निर्माण गर दिएका छन भने बागलुडको नेवार जातीको भाषा ,कला र संस्कृतिको संरक्षणको लागि नेपाल भाषा मंका खल बागलुडलाई एक लाखको अक्षय कोष निर्माण गरेका छन ।

सहदेव राजभण्डारी ,आनन्द प्रकाश राजभण्डारी र डा शेखर राजभण्डारीले आफुले अध्ययन गरेको विद्यामन्दिर माविको नवनिर्मित भवनमा १२ लाख ५० हजार प्रदान गरेर कोठा निर्माण गरी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्