४ जेष्ठ २०८१, शुक्रबार

 

कलाकार दीपक क्षेत्रीकाे निधन

कलाकार दीपक क्षेत्रीकाे निधन भएकाे छ। ५८ वर्षीय क्षेत्रीको शनिबार निधन भएको उनका पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनको शव महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । कलाकार क्षेत्रीकी श्रीमती मलेसियामा रहेका कारण दाहसंस्कार भने आइतबार दिउँसो मात्र गरिनेछ।

जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा कलाकार क्षेत्रीले अभियन गरेका छन् । कलाकार क्षेत्री लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित पनि थिए । उनको गतबर्ष मात्र स्वर नलीको शल्यक्रिया पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्