४ जेष्ठ २०८१, शुक्रबार

 

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको हृदयघातका कारण निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा भट्टराईको निधन भएको हो। घरमा अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो। मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि स्पष्ट भइनसकेको अस्पतालले जनाएको छ। भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्