४ जेष्ठ २०८१, शुक्रबार

 

महाकविको घर सरकारले २ करोड ५० लाखमा किन्यो

केही महिनाअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास ‘‘कविकुञ्ज’ सरकारले किन्ने र साहित्यिक सङ्ग्रहालय बनाउने भन्ने समाचार आएको थियो । तर प्रशासनिक ढिलाइका कारण सरकारले यो काम अगाडि बढाउन सकेको थिएन ।

समाचारअनुसार आइतबारदेखि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित सो कविकुञ्ज र त्यसले चर्चेको जग्गा हिजो  नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ। अब स्वामित्व हस्तान्तरण भएसँगै सङ्ग्रालय निर्माणले गरि पाउने अपेक्षा गरिएको छ।

प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयअनुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

समाचारअनुसार हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा रु २ करोड ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्