४ जेष्ठ २०८१, शुक्रबार

 

अमिताभ बाग्चीलाई ‘डीएससी साहित्य पुरस्कार’

भारतीय लेखक अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’ ले ‘डीएससी साहित्य पुरस्कार’ प्राप्त गरेको छ ।

२५ हजार डलर राशिको उक्त पुरस्कारको घोषणा सोमबार पोखरामा जारी नेपाल साहित्य महोत्सवमा गरिएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाग्चीलाई पुरस्कार हस्तान्तरण गरे । पुरस्कारका लागि अन्तिम सूचीमा परेका ६ किताबको नाम सन् २०१९ नोभेम्बर ६ मा लण्डनमा घोषणा गरिएको थियो । चार भारतीय, एक पाकिस्तानी र एक अफगानी लेखकको कृति अन्तिम सूचीमा परेको थियो ।

 

 

बाग्चीको कृतिसहित जामिल जान कोचाइको ‘९९ नाइट्स इन लोगर’, माधुरी विजयको ‘द फार फिल्ड’, मनोरञ्जन व्यापारीको ‘दियर्स गनपाउडर इन द एयर’, राजकमल झाको ‘द सिटी एन्ड द सी’ र सदिया अब्बासको ‘द एम्प्टी रुम’ अन्ति सूचीमा थिए ।

पुरस्कार प्राप्त गरेपछि अमिताभ बाग्चीले दक्षिण एसियाको सवालमा लेख्न थप प्रेरणा मिल्ने उल्लेख गरे । उनले भने, ‘यो पुरस्कारले विभिन्न नाममा विभाजित देशहरूलाई एक ठाउँ ल्याएको छ ।’

प्रतिक्रिया दिनुहोस्