४ जेष्ठ २०८१, शुक्रबार

 

तस्वीरमा ‘आइएमई नेपाल लिट्रेचर फेस्टिवल’

पर्यटकीय नगरी पोखरामा मंसिर २७ गतेदेखि सुरू भएको आइएमई नेपाल लिट्रेचर फेस्टिवल सोमबार समापन भएको छ ।

महोत्सवमा विभिन्न ४० सेसनमा छलफल भए । साहित्य, कला, राजनीति, शिक्षा, लैंगिकता, चलचित्र, पत्रकारितालगायत विषयमा रोचक छलफल चल्यो । १ सयजति स्वदेशी र १५ विदेशी वक्ता छलफलमा सहभागी भए । पाठकले आफ्नो मन पर्ने लेखकसँग एकाकार गर्ने मौका पाए ।

‘फ्यान’ ले मन पर्ने अभिनेतासँग सेल्फी खिच्ने अवसर पाए । कतिपय पाठक आफूलाई मन पर्ने लेखकलाई गुलाबको फूल बोकेरै महोत्सवस्थल पुगे। किताब किने र अटोग्राफ मागे । डा.सन्दुक रुइतलाई अटोग्राफ दिन भ्याइनभ्याइ भयो । बंगाली मूलका लेखक मनोरञ्जन व्यापारी धेरै पाठकले घेरिए । यसरी चार दिनसम्म पोखरा साहित्यमय बन्यो ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

प्रतिक्रिया दिनुहोस्