४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङ महोत्सव संगीतमय हुनेछ – शर्मा

बागलुङ महोत्सवको तयारी त्रीब गतिले अगाडि बढि रहेको छ ।पुष ११ गतेदेखि २० गतेसम्म बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने महोत्सवलाई परिणाममुखी बनाउँन बागलुङबासी जुटि रहेको बेला महोत्सवमा आउँने कलाकारको  चर्चाले  व्यापक चासो र जिज्ञासा बढेको छ ।

यस विषयमा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय कलाकार व्यवस्थापना उपसमितिका संयोजक उमाकान्त शर्मा बाबुले नयाँ विश्वलाई भने ‘हामीले यस पटकको बागलुङ महोत्सवमा कलाकारहरुको व्यवस्थापनलाई व्यवस्थित र सुधार गर्न लागेका छौ ।

९ दिनसम्म चल्ने महोत्सवमा आउँने दर्शक र पर्यटनलाई स्वच्छ मनोरन्जन दिने र पर्यटकको बसाई लम्ब्याउँने लक्ष्यका साथ कलाकारको व्यवस्था गर्न लागेका छौं ’प्रत्यक दिन ३,४ जना कलाकारले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।लोक ,दोहरी र आधुनिक गीतको बजोड प्रस्तुति हुने महोत्सवमा चर्चित कलाकारहरु आउँन लागेका छन ।

प्रमोद खरेल ,विष्णु खत्री,बसन्त थापा,कुलेन्द्र विश्वकर्मा ,प्रकाश सपुत ,प्रिति आले ,लक्ष्मी मल्ल  ,कमल खत्री लगाएतका कलाकारहरु महोत्सवमा आउँने तय भएको राष्ट्रिय कलाकार व्यवस्थापना उपसमितिका संयोजक उमाकान्त शर्मा बाबुले जानकारी दिए ।

कलाकारको धेरै उपस्थिति भए पनि मेला महोत्सवमा संम्बन्धित कलाकारले धेरै गीत गाउँन नपाएको गुनासो रहँदै आएको छ भने आयोजकले कलाकारलाई खर्च गरे अनुृसार कलाकारको समय व्यवस्थापन गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

यस विषयमा शर्मा भन्छन ‘आयोजकले कलाकारलाई दिने पारिश्रमिकदेखि समय व्यवस्थापनसम्म र कलाकारहरुको सांगीतिक प्रस्तुतिमा ध्यान दिएका छौ ।चर्चित कलाकारहरुको बजोड गीत र संगीतको संयोजनबाट महोत्सवलाई संगीतमय बनाउँदै छौ ।

कलाकारको जोडिदेखि दर्शकले मन पराएका गीतसम्मलाई प्राथमिकतामा राखेका छौ’‘हामीले कलाकारको यातायात र आवासको सुविधालाई अहिलेको महोत्सवमा राखेका छैनौं ।कलाकारलाई एकमुष्ठ पारिश्रमिक दिने निर्णय गरेका छौ ।यसबाट आयोजकको ठुलो खर्च जोगाउँने उद्देश्य रहेको छ’ शर्माले बताए ।६ लाख दर्शक आउँने अनुमान गरेको महोत्सवमा टिकटको विक्री चर्चित कलाकारको आगमनमा निर्भर रहेको छ ।

केहि दिनभित्र महोत्सवमा कति कलाकार आउँने भन्ने निश्चित हुने छ ।हामीले दर्शकको बदलिदो रुचि र चाहानालाई उच्च महत्व दिएका छौ शर्माले भने ।

दर्शकलाई स्वच्छ मनोरन्जन दिन सक्ने ,महोत्सवको आर्थिक बजारलाई बढाउन सक्ने र पर्यटकको बसाई लम्ब्याएर बागलुङ बजारको समग्र व्यापारलाई बढाउँन प्रत्यक्ष योगदान गर्ने तरीकाबाट कलाकारको आगमन हुन लागेको बागलुङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय कलाकार व्यवस्थापन समितिको संयोजक उमाकान्त शर्माले नयाँ विश्वलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्