५ जेष्ठ २०८१, शनिबार

 

सुनको मुल्य बढ्यो

पुसको सुरुवातको केही दिनमा मूल्यमा स्थिरता देखिए सुनको मूल्य आज (सोमबार) भने मूल्य तीन सय रुपैँयाले बढेको छ ।

आइबार प्रतितोला ७१ हजार ६ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य तीन सय रुपैँयाले बढेर प्रतितोला ७१ हजार ९ सय रूपैंयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला ८ सय ६० रूपैयाँ कायम भएको चाँदी आइतबारको तुलनामा पाँच रूपैयाँले बढेको हो । आइतबार प्रतितोला ८ सय ५५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्