४ जेष्ठ २०८१, शुक्रबार

 

विराटनगरमा सुनिए कवि दिवस

आरोहण गुरुकुल विराटनगरमा शनिबार कवि तुलसी दिवसको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘काव्यारोहण’ नाम दिइएको उक्त कार्यक्रम हाटखोलास्थित ‘सुशीला कोइराला नाटकघर’मा भएको थियो ।

५ दशकपछि विराटनगरमा आफ्नो एकल वाचन गर्न आइपुगेका कवि दिवसले यसपटक एक दर्जन कविता वाचन गरे । उनले ‘रुख’, ‘बाघचाल’, ‘रंगीन आवाजहरूको जुलुस’, ‘अवतार दर्शन’, ‘रातो फूल’, ‘जिन्दगी र लुगा’लगायत कविता वाचन गरे ।

कवि दिवसलाई सुन्न  विराटनगरसहित दमक, धरान, इटहरीबाट साहित्यकार, विद्यार्थी, वुद्धिजिवी लगायत उपस्थित भएका थिए ।

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने ‘काव्यारोहण, आरोहण कविता यात्रा’मा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भएका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

प्रतिक्रिया दिनुहोस्