४ जेष्ठ २०८१, शुक्रबार

 

‘गुड न्युज’ मा निःसन्तान दम्पतीको कथा

बलिउड चलचित्र  ‘गुड न्युज’ को पटकथा आइभीएफ (टेस्टट्युब बेबी) को उत्पादन प्रक्रियामा आधारित रहेर तयार पारिएको छ । आइभीएफ आखिर के हो त ? यो गर्भधारणको एक आधुनिक प्रक्रिया हो । जसमा दम्पतीको एक्स र वाई क्रोमोजोमलाई एकाकार गरी ट्युबमा विकसित गरेर महिलाको डिम्बमा प्रत्याराेपण गरिन्छ । यही पद्धतिबाट जन्मिएका सन्तानलाई टेस्टट्युब बेबी भनिन्छ ।

‘गुड न्युज’ मा यस प्रक्रियामा हुन सक्ने सानो गल्ती सञ्चारमाध्यमका लागि मनोरञ्जनात्मक मसला बन्न पुग्छ । यद्यपि यसमा खट्किने एउटा विषय आइभीएफका बारेमा तमाम गरिब परिवारका कथाव्यथा किस्सा बन्न पुग्छन् । फिल्ममा कुनै चटपटे किस्सालाई समावेश गरिँदैन । कहानीमा मुम्बईमा पुगेका भारतकै चण्डीगढनिवासी सहरी दम्पती छन् ।  उक्त जोडी लामो समयदेखि बच्चाका लागि अनेक उपचारसहितको प्रयासमा रहन्छन् । उनीहरूकाे चाहलाई आधारित बनाएर फिल्मको स्क्रिप्ट तयार पारिएको छ । उनीहरूमा देखिएको फ्रस्ट्रेसनलाई मसला बनाइएको छ । त्यसका अरिरिक्त धर्मसन्तान ग्रहणजस्ता विकल्पका बारेमा समेत फिल्ममा कुरा गरिएको छ । आफ्नो खुन त आफ्नै हुन्छ भन्ने मानसिकताले  कसरी मानिसलाई उत्तेजक र भावुक बनाउँछ, फिल्मले देखाउँछ ।

फिल्ममा करिना कपुरको अभिनय छ भने अक्षय कुमारको सशक्त भूमिका छ । करिना र अक्षय पतिपत्नीको भूमिकामा छन् । यद्यपि करिना अधिकतम दृश्यमा मेहनतबिनै कन्फिडेन्ट ग्रामीण महिलाको भूमिकामा देखिएकी छन् ।  ग्रामीण महिलाका रूपमा कुनै दृश्यमा कामुक शैलीमा प्रस्तुत भएकी करिनाको भूमिका दर्शकका लागि साँच्चै मनोरञ्जन प्रदान गर्न सफल हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्