४ जेष्ठ २०८१, शुक्रबार

 

भारतीय सिनेमाको सर्वाेच्च सम्मान अमिताभ बच्चनलाई

बलिउडका शताब्दी नायक अमिताभ बच्चन आज भारतको प्रसिद्ध दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएका छन् । उक्त अवाडर्बाट सम्मानित बचनलाई राष्ट्रपति रामनाथ कोविंदले एक समारोह बीच सम्मानित गरेका हुन् ।

वार्डबाट सम्मनित हुने क्रममा बच्चनले यो सम्मान जनताको कारणबाट पाएको बताउदै जनता र भारत सरकार जनतालाई धन्यवाद ज्ञापन गरे । आज जुन स्थानमा छु त्याे जनता कै कारण पुगेको बताउदै त्यसको सम्पूर्ण श्रेय जनतालाई दिएका थिए । उनले उक्त उच्च सम्मान प्राप्त गरेपछि ठट्यौली शैलीमा भने ‘यति ठुलो सम्मान ग्रहण गरेपछि के अब म आराम गरेर बसु।’

निकै विनम्रतापूर्ण शैलीमा पुरस्कार ग्रहण गरेका अमिताभले भने जतिवेला यो पुरस्कारकाे घोषणा गरिएको थियो, त्यतिवेला सन्देहपूर्ण भावना उत्पन्न भएको उनले सुनाए । कतै अब मलाई घर मै बसेर निवृत जीवन विताउन भनिएको त हैन् ? भनेर । तर अझै धेरै काम गर्न बाँकी छन् र संभावनाका काम अझै गर्नु रहेको उनले बताए ।

अमिताभले सन् १९६९मा सात हिन्दी फिल्मबाट आफ्नो क्यारियर शुरुवात गरेका थिए । त्यस बखत उनले केही असफलताको सामना पनि गर्नु परेको थियो । तर उनका लागि सन् १९७४ मा जंजीर फिल्म उनका लागि खास टर्निङ प्वाइन्ट बन्न पुगेको थियो ।

उक्त फिल्मबाट उनको भुमिका एंग्री म्यानका रुपमा स्थापित भएको थियो । त्यसपछि उनले जीवनका कहिल्यै पछाडी फर्किएर हुर्न परे्न् । दादा साहेब फाल्के पुरस्कार भारतको चलचित्र जगतको उच्च सम्मानको पुरस्कार हो । जतिबेला यो पुरस्कार स्थापना भएको थियो त्यही वर्षबाट आफुले चलचित्र जगतमा प्रवेश गरेको अमिताभले विगत स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्