नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यकारी समूहको बैठक पुष २७ र २८ गते नयाँ दिल्लीमा हुने भएको छ । बैठकमा पेट्रोलियमको आपूर्ति व्यवस्था, अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमतामा सञ्चालन तथा भण्डारण बिस्तार लगायतकका विषय प्रखुम एजेण्डा छन् ।
बैठकमा सहभागी हुन मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख एवं सहसचिव ध्रुब घिमिरे नेतृत्व टोलीकोे भ्रमण अनुमोदन गरेको छ ।
बैठकमा अन्तरदेशीय ग्यास तथा पट्रोलियम पाइपलाइन, हाल सञ्चालनमा आएको डिजेल पाईपलाईनबाट पेट्रोल ढुवानी जस्ता विषयमा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।













































































































































































































