१६ बैशाख २०८१, आईतवार

 

हामी नेपालीकाे जय भन्न सक्नुपर्छ

पुस २७ गते पृथ्वी नारायाण शाहको जयन्ती तथा राष्ट्रिय एकता दिवस हो । शाहले निर्माण गरेको राष्ट्रमा उनैलाई बिर्सन इतिहासको उपहास गर्नु हो । इतिहास विनाको समाज र सभ्यताको अस्तित्व छ, भन्नु आफैमा नास्तिकता हो । सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन।

नेपाल राष्ट्र निर्माणमा उनलाई सबै जातजाति र समुदायका मानिसहरूले साथ दिए । देश निर्माणमा नेतृत्व र दुरदर्शिता उनकै हो । हरेक देशको आ–आफ्नो इतिहास र गरिमा हुन्छ । साथै सम्पदा रहेको हुन्छ । राष्ट्रिय एकता दिवस हाम्रो त्यस्तै एक सम्पदा हो ।

अवसरवादीहरूले विदेशीका सामु आफ्नो स्वाभिमान बेचिसकेकाहरूकाे  लागि यसको महत्व बोध गर्न सक्ने कुरै भएन । बरू उनीहरु इतिहास र अस्तित्व मेटाउन लागिरहेका छन् । यसका लागि उनीहरुले राष्ट्रिय एकता दिवसलाई बिर्सिए जस्तो गरिरहेका छन् । त्याे उनीहरुको अल्प बृद्धि हो । जनताको मनमा रहेका राष्ट्र नायकलाई वर्तमानमा बिर्सिएको भान गरिए पनि त्यसको मान घट्दैन् । बरु बढी नै रहनेछ । सरकारी क्यलेण्डरबाट पृथ्वी जयन्तीलाई झिकिए पनि जनताको मन र भावनाबाट झिएको छैन । त्यसैले देशका दुरदराजका वस्तीमा स्वतस्फुर्त रुपमा पृथ्वी जयन्ती मनाइरहेको जानकारी हुन आएको छ ।

सत्ताको स्वादका लागि कसैले उनको योगदानलाई अपव्याख्या गरेर मूर्तिसमेत फोडन लगाएँ । जातजातिका बीचमा द्वेष सिर्जना गर्न तत्पर रहे । तरपनि उनीहरुको उद्देश्य पूर्ण हुनसकेको छैन् । क्रान्तिकारीको नाममा राष्ट्रको इतिहास मेटाउन खोज्नेहरुले देश बिखण्डन गर्नेसम्मको लक्ष्य राखे ।

तर पनि उनीहरुलाई कसैले स्वायवस भन्न सकिरहेको छैन् । राष्ट्रिय एकता दिवस मनाउनु नेपालीहरुको नैसर्गिक अधिकार हो । आस्था र एकताका प्रतिक पृथ्वीनारायण शाहलाई सम्मान गर्नेहरुले नेपालीहरु बीचको एकतामा विश्वास गर्नु पर्दछ । यो कामना एक व्यक्ती वा समुदायको नभएर समग्र देशवासीको बन्न जरुरी छ । पृथ्वी नारायण शाहले नेपाल एकिकरण नगरेको भए यो भूमि पराइ देशको हुने थियो । त्यसैले पनि नेपाली हुँ भनेर गर्व गर्ने नेपालीले जो जहाँ रहेपनि पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा हामी देशवासीको जय भन्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्