४ श्रावण २०८३, सोमबार

 

चीनकी राजदूत होउ यान्छी तिलौराकोटमा

नेपालका लागि चीनकी राजदूत होउ यान्छीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोट विश्व शान्तिका लागि अध्यात्मिक प्रेरणाको स्रोत भएको बताएकी छन् । बिहीबार तिलाैराकाेट पुगेकी उनले त्यहाँकाे विकास निर्माण गनर् समेत चासाे देखाएकी छन् ।

महत्वपूर्ण स्थल भएकै कारण सातौं शताब्दीमा पैदल चिनिया यात्री स्वेन चाङले यस क्षोत्रको भ्रमण गरेका थिए । उनले इतिहास सम्झँदै भनिन्, ‘त्यसैले पनि लुम्बिनी पहिचान गर्न सजिलो भएको हो ।’ बौद्धस्थलसँग चीनका जनताको सम्बवन्ध र आस्था जोडिएको उनले बताइन् । तिलौराकोटको विश्वका शान्तिकामी करोडौं जनताको आस्था र धरोहर सबै मिलेर योजना बनाई विकास र संरक्षण गर्नु पर्ने उनको भनाइ रह्यो ।

बुद्धस्थल तिलौराकोट प्राचीन कपिलवस्तु अवलोकन गर्न बुधबार यहाँआएकी यान्छीले बुद्धस्थलको विकासका लागि चीन सरकार र जनता सधैं सहयोग गर्न तयार रहेको बताइन् । राजदूत यान्छीले तिलौराकोटमा पश्चिमी र पूर्वी द्वार तथा मुख्य भग्नावशेषहरूको अवलोकन गरेकी थिईन् । उनलाई लुम्बिनीस्थित चीनको जोङहुवा बौद्ध मोनाष्ट्रीका प्रमुख गुरु सुचुङ युङले पुरातात्विक स्थलबारे जानकारी दिएका थिए । तिलौराकोट राजा शुद्धोदनको शाक्य गणराज्य कपिलवस्तुकाे राजधानी तथा भगवान गौतमले २९ वर्षको युवावस्था बिताएको स्थान हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung