२१ बैशाख २०८१, शुक्रबार

 

पर्वतमा २२८ मिटर अग्लाे बन्जीकाे सफल परिक्षण (भिडियाेसहित)

पर्वत महोत्सव चलिरहँदा यहाँ संघीय सरकारले घोषणा गरेको पर्यटन वर्षलाई लक्ष्यित गरेर बन्जी जम्प पनि सुरुवात गरिएको छ ।

पर्वत र बागलुङ जाेड्ने ५२५ मिटर लामो र २२८ मिटर अग्लो पुलसँगै बन्जी जम्पकाे सफल परिक्षण गरिएकाे हाे ।

१५ करोड रुपैयाँ लगानीमा ‘द क्लिफ’ नामक कम्पनीमार्फत बन्जीको नयाँ गन्तव्यका रुपमा निर्माण सुरु भएको कुस्मा बञ्जी जम्प बिहीबार सफल परिक्षण भएको हो । बञ्जी जम्पका लागि अहिले सीमाक्षेत्रमा पाँच सय १५ मिटर लामो पुल निर्माणको गरिएको छ । साहसिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बञ्जी जम्प निर्माण गरेका निर्देशक राजु कार्कीले बताए ।

उनले भने– ‘हामीले सबै प्रक्रिया पूरा गरेर परिक्षण सुरु गर्यौ । तर, फिनिसिङ समेत सकेर आउँदो बैशाखदेखि सर्वसाधारणले बञ्जी गर्न पाउनुहुनेछ ।’

कालीगण्डकी नदीमाथि १५ करोड लागतमा निर्माण गरिएको बन्जी जम्पले महोत्सवकाे समेत आकर्षण बढेको छ । अहिले महोत्सवसँगै पुल र बन्जी जम्प अवलाेकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम पनि जारी छ । पुलबाट ओहोदोहोर र अवलाेकन गर्न आउनेलाई शुल्क निर्धारण गरिने कार्कीको भनाइ छ ।

भिडियाे -दिनेश तिवारी 

प्रतिक्रिया दिनुहोस्