२१ जेष्ठ २०८१, सोमबार

 

नयाँ गीत लिएर आइन् वन्दना

लोकप्रिय गायिका देविका वन्दनाको नयाँ गीत ‘भोलिलाई कसले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द–सङ्गीत र अमोस तामाङको एरेन्ज रहेको उक्त मारुनी गीतको भिडियो सार्वजनिक भएको हो ।

 

दीप शाक्य श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र बिजी एरोबिक एन्ड डान्स एकेडेमी पोखराको ग्रुपलाई फिचरिङ गरिएको छ । अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा सञ्जय लामाको छायांकन र विजेश पौडेलको सम्पादन छ । गीतको भिडियो देविकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

देविका वन्दनाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौं राष्ट्रिय, भजन, सुगम सङ्गीत र चलचित्रका गीत श्रोतामाझ पस्किएकी छन् । पछिल्लो गीतले पनि श्रोता र दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्