२० बैशाख २०८१, बिहीबार

 

कुवेतमा ढिस्कोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु

कुवेतको अल–मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ठूलो थुप्रोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु भएको छ। घटनामा अन्य ३ जना घाइते भएका छन् ।

कुवेतको अरबटाइम्स अनलाइनले जनाएनुसार दुर्घटनामा परेका अन्य ३ कामदारको अवस्था अझै थाहा हुन सकेको छैन । त्यहाँ उद्दार कार्य जारी छ। प्रत्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरु भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको थियो ।

कामदार पुरिएको जानकारीलगत्तै २० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु घटनास्थल पुगेका थिए । तत्काल ७ जनालाई उद्दार गरिएकामा ४ जनाको घटनास्थलमै मृत्यु भइसकेको जनाइएको छ। घाइतेहरुको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको छ। घाइतेहरु भने कुन देशका हुन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्