३ श्रावण २०८३, आईतवार

 

कोभिड–१९ : तेलको भाउ घट्यो

मंगलवार विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । नयाँ कोरोना भाइरस कोभिड–१९ को महामारीको कारण तेलको मागमा आउनसक्ने कमी र पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक)ले तेल उत्पादनको कटौतीबारे कुनै कदम चाल्ने निर्णय नगरेकाले पनि तेलको भाउ घट्न सहयोग पु¥याएको हो ।

अन्तरराष्ट्रिय ऊर्जा नियोग (आईईए)ले २०२० मा विश्वको तेलको माग कमजोर रहने आकलन गरिसकेको छ । विश्वभरका विज्ञहरुले भने अहिले नै भाइरसको असरको विषयमा टीप्पणी गर्नु निकै छिटो हुने बताइसकेका छन् । अहिले नयाँ संक्रमितको संख्या घटे पनि अझै पनि कोभिड–१९ को त्रास कायमै छ । यसैको त्रासको कारण तेलको भाउ घटेको हो ।

यो समाचार तयार पर्दासम्म बेलुकाको साढे ७ बजे ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल २ दशमलव ०५ प्रतिशत घटेर ५६ डलर ४६ सेन्टमा आइपुगेको थियो । त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल १ दशमलव ८६ प्रतिशत घटेर ५१ डलर ८ सेन्टमा आइपुगेको थियो । गत साता आईईएले तेलको माग यस वर्षको पहिलो त्रैमासमा ४ लाख ३५ हजार ब्यारेल प्रतिदिनको दरले घट्ने अनुमान गरेको थियो । यो सन् २००९ को वित्तीय संकटयता तेलको माग कुनै पनि त्रैमासिक अवधिमा घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung