१७ बैशाख २०८१, सोमबार

 

बाँस्कोटाकाे राजीनामाले जाेगियाे प्रधानमन्त्रीकाे साख

स्वीस कम्पनीका नेपाली एजेण्ट विजय मिश्र र निर्वतमान सञ्चारमन्त्री गोकल बाँस्कोटाबीचको अडियो संवाद प्रकरणले मन्त्री बाँस्कोटालाई बिहीबार राजीनामा गर्न बाध्य बनायो । सञ्चारमन्त्री बाँस्कोेटाको राजीनामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही कमजोर महसुस भएकै होला ? तर, नैतिक रुपमा उनको साख भने जोगिएको छ ।
प्रधानमन्त्रीले पटक–पटक भन्दै आएको ‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न ।’ यसअघि बालुवाटार प्रकरण मुछिएका पार्टी महासचिव विष्णु पौडेललाई जग्गा फिर्ता गरेको बाहनामा अख्तियारबाट बचाइएको थियो । तर, निर्वतमान सञ्चारमन्त्री बाँस्कोटा भने बच्न सकेनन् ।

सञ्चारमन्त्रीले ७० करोड रूपैयाँ कमिसन माग गरेको घटनाले मुलुकको राजनीतिमा तरंग मच्चाएकाे छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सदन अवरोध गरेको कांग्रेसले बिहीबार पनि संसद् अवरुद्ध ग¥यो ।

संसद् अवरुद्ध भएको समाचार सञ्चार माध्यमले सम्प्रेषण नगर्दै सभामुख अग्नि सापकोटाले मन्त्री बाँस्कोटाको राजनीमाबारे सदनलाई जानकारी गराए । सोही प्रकरणमा जोडिएको स्वीस दूतावासले विज्ञप्ति जारी गरेर आफ्नो तर्फबाट सफाई पेश गरेको छ । उसले सफाईमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेको छ । स्वीस कम्पनीका नेपाली एजेण्ट विजय मिश्र र निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीचको संवाद सर्वजनिक भएपछि दूतावासले आफ्नो कुनै समबन्ध नरहेको स्पष्ट पार्दै प्रेस विज्ञप्ति जारी गरेको हो ।

प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जो कसैलाई कारवाही गर्छु भनेका थिए । त्यसको केही दिनपछि मन्त्री बाँस्कोेटाले राजीनामा दिए । उनको राजीनामा आउनुले प्रधानमन्त्रीको बोली र व्यवहारमा एकरुपता आउन लागेको होकी भन्ने आभाष नागरिकलाई हुन पुगेको छ । तर, बालुवाटार प्रकरणमा बिष्णु पौडेल परिवारलाई प्रधानमन्त्रीले गरेको सहयोगले ओलीलाई तत्कालै विश्वास गर्न सक्ने अवस्था भने छैन ।

अब प्रधानमन्त्री ओलीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी उक्त प्रकरण बारेमा जानकारी गराए त्यसले उनको कद् पक्कै बढ्नेछ । उखान टुक्का गरेर कसैलाई उडाउनु भन्दा संवेदनशील भएर उक्त प्रकरणका बारेमा विपक्षीहरुले माग गरेअनुसार जवाफ दिँदा संसद्को गरिमा बढ्ने छ ।

नेपाली कांग्रेसका सासंदले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामाले मात्र कांग्रेस चुप लागेर नबस्ने बताएका छन् । कांग्रेस सांसद पुष्पा भुसालले बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएकी छन् । भुसालले सो प्रकरणबारे निष्पक्ष छानविन गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि नबढ्ने जानकारी गराइन् ।

कांग्रेसले प्रतिपक्षका हैसियतले सदनमा आफ्नो ताकत देखाइरहँदा प्रधानमन्त्री ओलीले मन्त्री बाँसकोटालाई राजीनामा गर्न लगाएर साख बचाएका छन् । तर उनको नुर भने गिरेको हुनुपर्छ । आफूले विश्वास गरेका पात्र महासचिव विष्णु पौडेल र सञ्चारमन्त्री गोकुल बाँस्कोटा भ्रष्टाचार प्रकरणमा मुछिनु उनको कार्यकालका लागि कलंक जस्तै भएको छ ।

त्यो कलंक प्रायश्चित गर्न प्रधानमन्त्रीले बालकोटको निवासबाट पनि बाँस्कोटालाई निष्कासन गर्न सक्नु पर्छ । नभए म, पिटे झै गर्छु ,तँ रोए झै गर भन्ने बाल चरित्र साबित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्