भारत र अमेरिकाबीच तीन अर्ब डलर बराबरको सम्झौता भएको छ । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार राजधानी दिल्लीमा उक्त सम्झौता भएको हो ।
आज फर्किन लागेको अमेरिकी राष्ट्रपति ट्रम्पसँगको लामो छलफलपछि सम्झौताको भएको समाचारमा जनाइएकाे छ । दुईदिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प आज फर्किँदै छन् । दिउँसो दिल्लीमा भएको सम्झैतापछि राष्ट्रपति ट्रम्पले भारतको यो भ्रमण कहिल्यै नविर्सने बताएका छन् । २४ एमएच ६० रोमियो हेलिकप्टर खरिदका लागि २ अर्ब ६० कराेड बराबरकाे सम्झौता भएको छ । ट्रम्पले भने– ‘सम्झौता दुबै देशका लागि रक्षा समबन्ध बढाउन मजबूत हुनेछ ।’ उनले अमेरिका र भारतबीच सम्झौताले आशातीत प्रगति भएको दाबीसमेत गरेका छन् ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिसँग महत्वपूर्ण विषयमा छलफल भएकाे जानकारी गराएका थिए । ‘हामी दुबै देशका बीचमा उर्जा, व्यापार समझदारीका बारेमा पनि चर्चा भएको छ,’ मोदीले भने ‘ ‘रक्षा क्षेत्रमा भारत र अमेरिकाबीच प्रगाढ समबन्ध हुन हामी दुबैका लागि महत्वपूर्ण पक्ष हो’ उनले पछिल्ला तीन वर्षमा दुबै देशबीचको द्विपक्षीय व्यापारमा बढोत्तरी भएको बताए । व्यापार सन्तुलित रहेको उनको दाबी छ । अमेरिकी कम्पनीमा भारतीय ‘टेक्नाेलाेजी लिडर’ लाई दृढ बनाएको विश्वास व्यक्त गरे ।
राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदी र मैले आतंकवादविरुद्धको अभियानमा एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता गरेकाे छ । उनले भने ‘प्रधानान्त्री मोदी र मैले आफ्ना नागरिकलाई कट्टर इस्लामिक आतंकवादबाट संरक्षण गर्न प्रतिबद्धता जनाएका छौं ।’ अमेरिकाले नाम नलिए पनि पाकिस्तानबाट संचालित इस्लामिक आतंकवादलाई निरुत्साहित गर्न भारतलाई सघाउने भएकाे भारतीय संचार माध्यमले लेखेका छन् ।













































































































































































































