३ श्रावण २०८३, आईतवार

 

सरकारले माग्याे १५ सय शिक्षक, लाइसेन्स नभए पनि तलब ३० हजार !

तस्बिर फाइल 

सरकारले विद्यालय पढाउन एक हजार पाँच सय जना शिक्षक खोजेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षक मागेको हो । सूचना जारी गर्दै आजदेखि आवेदन खोलेको छ।

स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले जागिरका लागि निवेदन दिन सक्छन् । अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन् । यस्तो शिक्षक हुन शिक्षण अनुमतिपत्र (लाइसेन्स) पनि चाहिँदैन ।

आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी सुरू गरेको हो । केन्द्रले शिक्षक छानेको विवरण सम्बन्धित स्थानीय तह र विद्यालयमा पठाएपछि उक्त शिक्षकलाई विद्यालयले नियुक्ति दिनेछन् ।

‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो । स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पनि तयार गरिसकेको छ।

सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ।

उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार हुने स्वंयसेवक परिचालन कार्यविधि २०७६ मा उल्लेख छ । शिक्षकहरूले प्राविधिक धारका शिक्षा विस्तार गरेका विद्यालयमा पनि पढाउन पाउनेछन् । स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनुपर्छ ।

यसरी दिनुहाेस् आवेदन

 याे  लिंक खाेल्नुहाेस्

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung