३० बैशाख २०८१, आईतवार

 

एकैदिन १८ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

नेपाल बजारमा सुनको भाउ आकाशिएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ ।बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारमा सुनको हालसम्मकै सर्वाधिक महँगो मूल्य हो ।

पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै जसो नयाँ रेकर्ड कायम गर्दै आएको छ। तेजावी सुन शुक्रबार प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्