३० बैशाख २०८१, आईतवार

 

सुनको मूल्य फेरि घट्यो

उकालो लागेको सुनको मूल्य शुक्रबारदेखि ओरालो लागेको छ । साताको पहिलो दिन आज सुनको मूल्य एक हजार ५ सयले घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सय प्रतितोला सुनको मूल्य आइतबार ७७ हजारमा भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७६ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी शुक्रबारको तुलनामा ३० रुपैयाँले घटेर प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्