नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एक महिना पछि सरेको छ । कोरोना भाइरसको महामारीका कारण निर्वाचन सार्नुपरेको महासंघले जानकारी गराएकाे छ ।
यसअघि चैत २८ र २९ का लागि तय भएकाे साधारणसभा अब जेठ पहिलो साता हुने भएको छ । महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठका अनुसार साधारणसभा जेठ ७ र ८ गते हुनेछ । उनले बिहीबार बसेको कार्यसमिति बैठकले साधारणसभा सार्ने निर्णय गरेको बताए ।













































































































































































































