२ जेष्ठ २०८२, शुक्रबार

 

आजदेखि एक सातासम्म सीमानाका बन्द

कोरोना संक्रमण राेक्न भारत र चीनसँग जोडिएका नेपालका सीमानाका आजदेखि एक सातासम्म बन्द हुने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सोमबार बिहानदेखि नाका बन्द हुने भएको हो।

पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराईले परिस्थितिको गाम्भीर्य  मनन गरेर यस्तो निर्णय गर्नुपरेको जानकारी गराए । पछिल्लो समय भारतसँग जोडिएका सीमानाकाबाट नेपाल भित्रिनेहरूको घुइँचो लागेको खबर सार्वजनिक भएपछि सेल्फ क्वारेन्टाइनमा बस्ने गरी स्वदेश आगमनलाई केही खुकुलो बनाइए पनि  नाका बन्द गरिएकाे छ । भारतमा पनि कोरोना भाइरस संक्रमित बढ्दै जान थालेपछि  सीमा नाका बन्द गर्नुपरेकाे हाे । अति आवश्यकीय वस्तु ढुवानी गर्नेबाहेक अन्य सवारीसाधनमा सिमा नाकाबाट आवतजावतमा रोक लगाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung