३ श्रावण २०८३, आईतवार

 

पेट्रोल , डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएपछि नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट तेलको मूल्यमा आएको गिरावटसंगै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।ईन्डियन आयल कर्पोरेशनबाट १ अप्रिल २०२० मा प्राप्त मूल्यअनुसार निगम संचालक समितिले मूल्य घटाएको हो । पेट्रोलको खुद्रा विक्री मूल्य काठमाडौंको लागि ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung