३ श्रावण २०८३, आईतवार

 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा कोरोना रोकथाम कोषमा ५० लाख सहयोग

नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रण कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उपप्रधानमन्त्री तथा कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेललाई उक्त रकम हस्तान्तरण गरेको नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ विश्वलाई बताए ।

देशमा कोरोना भाइरसको प्रकोपले आक्रान्त भएको बेला सरकारलाई कोरोना रोकथाम गर्न सहज होस भनेर महासङ्घले नगद र जिस्सी सामान पनि सहयोग गरिरहेको उपाध्यक्ष ढकाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung