३ श्रावण २०८३, आईतवार

 

मजदुर प्रेमी सलमान

भारतीय सिने जगतका चर्चित कलाकार सलमान खानले कोरोनाको कारण लकडाउनकाले अति प्रभावित फिल्म उद्योगका १६ हजार ज्यालादारी मजदुरहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

ज्यालादारी मजदुरको खाताको विवरण प्राप्त हुनासाथ उनीहरुको खातामा कलाकार खानले पैसा जम्मा गर्ने व्यवस्था मिलाउन लागेको भारतीय संचार माध्यमले जनाएको छ ।

तीमध्ये केही श्रमिकले स्वेच्छाले आफ्नो आर्थिक स्थिती महामारीसँग जुध्नका लागि कठिन भएको बताउँदै एफडब्ल्यूआईसीईसँग आर्थिक सहयोग गर्न भनेको थियो।

जसमध्ये ३ हजार मजदुरहरुले पहिले नै यशराज फिल्म्सबाट ५ हजार भारु पाइसकेका छन ।एफडब्ल्यूआइसीईका महासचिव अशोक दुबेले भने आर्थिक सहयोग नपाएका मजदुरहरुको विवरण सलमान खानलाई पठाएका छौं र उनले पैसा पठाउन सुरु गरिसकेका छन् ,चाँडै नै सबैले पैसा पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung